सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु

पाेखरा | साउन २२, २०७९

सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु

 

  पोखरा:  सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु भएको छ । प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारीका विषयमा गहन छलफल हुने उक्त गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता छ । सिद्धार्थ आर्थिक कोरिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मचद्धारा आयोजित गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

 

गोष्ठीको उद्घाटन गर्दै प्रमुख आचार्यले सिद्धार्थ कोरिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा छलफल हुने हरेक विषयहरू माथिको सार्थकता र औचित्यले यस क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारणमा विशेष महत्त्व राख्ने उहाँले बताउनुभयो । सरकार सञ्चालनमा जनप्रतिनिधि र कर्मचारीहरू बिच प्रभावकारी समन्वय कायम गर्न समेत यस प्रकारका फोरमहरू फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटन राजधानी घोषणाका लागि सङ्घ सरकारलाई आग्रह गरिएको जनाउँदै प्रमुख आचार्यले हरेक स्थानीय पालिकाहरूले आफ्नो विशेषता अनुसारको योजना बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।

 

गोष्ठीमा कोरिडोर अन्तर्गत रहेका पालिकाहरूको अवसर र चुनौती तथा नागरिक प्रति स्थानीय सरकारको जिम्मेवारीलाई मध्यनजर गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र प्रभावकारी समन्वय एवं सहकार्यका प्रयास र त्यसका अनुभवको आदान प्रदान गरिनेछ । मेयर फोरमका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार गोष्ठीमा कोरिडोर अन्तर्गतका पालिकामा भइरहेको विकाश निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितका बारेमा समेत समीक्षा हुनेछ । यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । भारतको सहयोगमा निर्मित सिद्धार्थ राजमार्ग वि।सं। २०२८ मा सञ्चालन आएको थियो । पोखराबाट भारतीय सीमा सुनौलीसम्म १८० किलोमिटर लामो छ ।
 

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

थप पढ्नुहोस्